रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिग फाइनलमा

रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिग फाइनलमा

२३ वैशाख , काठमाडौं । सानदार खेलमा रियल मड्रिडलाई २-० ( दुई लेग ३-१) अन्तरले हराउदै चेल्सी फुटबल क्लब च्याम्पियन्स लिग फाइनलमा प्रवेश गरेको छ। दुबै लेगमा चेल्सीले उत्कृष्ट प्रदशन गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। 

आजको खेलमा चेल्सीका लागि टीमो वेर्नर र मेसन माउन्टले गोल गरेका हुन् ।

 चेल्सीले म्यानचेस्टर सिटीसँग मे २९ मा इस्तानबुलमा फाईनलमा भिड्नेछ । सिटीले हिजो राती पेरिस सेन्ट जर्मनलाई हराएर फाइनल प्रवेश गरेको थियो ।

चेल्सीको महिला टोलीले पनि च्याम्पियन्स लिग फाइनलमा बार्सिलोना विरुद्ध खेल्दैछ । एउटै सिजनमा एकै क्लबको दुबै पुरुष र महिला टोली च्याम्पियन्स लिग फाइनलमा पुगेको इतिहासमा यो नै पहिलो पटक हो ।