किन घुन्साबस्ती सम्पर्कविहीनमा

पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ ।

किन घुन्साबस्ती सम्पर्कविहीनमा

पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो ।

टावरमा समस्या आएसँगै  कुनै टेलिफोन तथा मोबाइलमार्फत  सञ्चार  हुन सकेको छैन । कोभिड-१९ को सङ्क्रमण बढिरहेको समयमा आफ्ना आफन्तहरूसँग सम्पर्कमा रहनुपर्ने समयमा  घुन्सा क्षेत्रका स्थानीयवासीले आफ्ना आफन्तसँग सम्पर्क बन्द भएको स्थानीयवासीले जानकारी दिए ।

समुद्र सतहदेखि ३ हजार ५ सय मिटर उचाइमा अवस्थित बस्ती घुन्सा र फले क्षेत्रमा मोबाइल बन्द भएको हो । स्याटलाइट प्रविधिबाट घुन्सा क्षेत्रमा मोबाइल  सेवा प्रदान गर्दै आएको दूरसञ्चार कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले बताए ।