माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

३१ वैशाख, 

बागलुङको निसीखोला गाउँपालिका-२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ। 

फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए। घटना शुक्रबार दिउँसो साढे दुई बजे भएको हो। मृत्यु हुने आमा छोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताए।

अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ। प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए।