शुक्रबार २०३ को मृत्यु ,८ हजार ५२० जनामा कोरोना पुष्टि

शुक्रबार २०३ को मृत्यु ,८ हजार ५२० जनामा कोरोना पुष्टि

काठमाडौँ, ३१ वैशाख:

शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। 

त्यस्तै यस अवधिमा थप २०३ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ। 

यस दिन कुल २१ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा २० हजार ९४८ जनाको पिसिआर र ५३० जनाको एन्टिजेन परीक्षण भएको थियो।