गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु , अहिलेसम्मको मृत्यु ३५५ पुग्यो

गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु , अहिलेसम्मको मृत्यु ३५५ पुग्यो

१ जेष्ठ , पोखरा । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा २६ महिला र ३२ पुरुष संक्रमित गरी ५८ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै तनहुँमा हाल चार सय १९ सक्रिय संक्रमित छन् ।दुई हजार नौ कुल संक्रमित मध्ये एक हजार पाँच सय ५४ जना संक्रमित निको भएका छन् ।

संक्रमणका कारण तनहुँमा हालसम्म ३६ जनाको ज्यान गएको छ।

 

यसैगरी वैशाख २८ गते उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएकी भिमाद ५ कि २२ वर्षीया युवतीको उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

 

प्रदेशका विभिन्न जिल्लाका पोखरामा उपचाररत कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेहरु कास्कीका ६ जना, स्याङजाका २ जना, पर्वतका ३ जना, तनहुँका १ जना, म्याग्दी १ जना र गोरखा जिल्लाका १ जना रहेका छन् । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ ।