पर्सागढीमा छुरा प्रहारबाट युवक घाइते, नारायणीमा उपचार हुँदै

पर्सागढीमा छुरा प्रहारबाट युवक घाइते, नारायणीमा उपचार हुँदै

पर्सागढीमा छुरा प्रहारबाट युवक घाइते, नारायणीमा उपचार हुँदै

वीरगञ्ज, ७ जेठ । पर्साको पर्सागढी नगरपालिकामा दुई पक्ष झडप हुँदा एकजना युवक छुरा प्रहारबाट घाइते भएका छन् ।
नगरपालिकाको वडा नम्बर ४ स्थित परशुरामपुरमा दुई पक्ष बीच भएको झडपमा स्थानीय एकजना युवकमाथि छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट शेख समसेद (राजु) घाइते भएका छन् । उनको घाँटीमा खत भएको प्रहरीले जनाएको छ ।

बिहिबार बिहान समसेद र भोला साह देवानबीच झडप हुँदा देवानको छुरा प्रहारबाट समसेद घाइते भएका थिए । समसेदका पिता अनुसार देवानले छोरामाथि छुरा प्रहार गरेका थिए ।


घाइते समसेदको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।