प्रहरीको गाडी र बोलेरो ठोक्कियो , क्षति आँकलन हुन बाँकी

प्रहरीको गाडी र बोलेरो ठोक्कियो , क्षति आँकलन हुन बाँकी

७ जेठ , काभ्रे । भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रदेश नं ३ –००१–००२ झ ४८४१ नं को गाडी र धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको कुखुरा बोक्ने प्रदेश नं २–०३–००१– च २३९६ को बोलेरो बिहान १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षती नभइ सवारी साधनमा मात्र क्षती भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।