बारामा जन्तीको बस दुर्घटना, १६ जना घाइते, ५ को अवस्था गम्भिर

बारामा जन्तीको बस दुर्घटना, १६ जना घाइते, ५ को अवस्था गम्भिर

वीरगञ्ज, १० जेठ ।  बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ को डकाहामा जन्ती बोकेको बस दुर्घटना भएको छ ।

मानमत कलैया सडकखण्डमा भएको दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । सोमवार बिहान १० बजेर १५ मिनेटमा ना ४ ख ४७४९ नम्बरको बस तिव्र गतिका कारण अनियन्त्रीत भएर दुर्घटनाग्रस्त भएको यात्रु (जन्ती) नासिर मियाको भनाई छ ।

बस रौतहटको गुजरा नगरपालिकाको खतवहिआबाट जन्ती लिएर आएको थियो । बेहुला बेहुली भने अर्काे गाडीमा सुरक्षित रहेको प्रहरीले जनाएको छ ।