बीरगन्जमा थप २ संक्रमितको मृत्यु, ४१ जना संक्रमण पुष्टि

बीरगन्जमा थप २ संक्रमितको मृत्यु, ४१ जना संक्रमण पुष्टि

बीरगन्ज,११ जेठ । बीरगन्जमा  थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।बीरगन्जकाे नारायणी बयोधा अस्पतालमा उपचाररत ६५ बर्षीया महिलाको आज मृत्यु भएको छ ।

बीरगन्ज महानगरपालिका वडा नम्बर १० पानीटंकी निवासी ६५ बर्षीया महिलालाई उपचारका लागी वैशाख २७ गते नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा आज मृत्यु भएको नारायणी बयोधा अस्पतालका प्रशासकीय अधिकृत विष्णु पटेलले बताए ।

त्यसै गरी बीरगन्जकाे नारायणी अस्पतालमा उपचाररत सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नम्बर ६ निवासी ५८ बर्षीया महिलाको गए राती मृत्यु भएको छ । नारायणी अस्पतालमा जेठ ४ गते भर्ना भएकी महिलाको उच्च निमोनियाको कारण गए राति मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताए ।

कोरोना सङ्क्रमणको कारण वीरगन्जस्थित विभिन्न अस्पतालमा भर्ना भएका पर्सा जिल्लाका मात्र १ सय ६६ जना र अन्य जिल्लाका १ सय ४७ जना गरी वीरगंजमा ३ सय १३ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत बिनय श्रीबास्तबले बताए ।
४१ जनामा कोरोना संक्रमण पुष्टि
बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा थप ४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ९२ जनाको पीसीआर परीक्षणको क्रममा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताए ।

संक्रमण पुष्टि हुनेमा २५ जना पुरुष र १६ जना महिला रहेका छन् । संक्रमित मध्ये २४ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका १० जना, रौतहटका १ जना, सर्लाहीका ४ जना र महोत्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो । सङ्क्रमितको उमेर समूह १४ बर्ष देखी ८५ बर्ष सम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १७ दशमलव ४ देखी ३४ दशमलव ६ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले बताए ।