पोखरा महानगरपालिकामा कक्षा ८ को जिल्लास्तरीय परीक्षा नहुने

पोखरा महानगरपालिकामा कक्षा ८ को जिल्लास्तरीय परीक्षा नहुने

१२ जेठ , पोखरा । पोखरा महानगरपालिकामा कक्षा ८ को जिल्लास्तरीय परीक्षा नहुने भएको महानगर परीक्षा सञ्चालन तथा समन्वय समतिको मंगलबार बसेको बैठकले निर्णय गरेको महाशाखा निर्देशक हेमप्रसाद आचार्यले बताउनु भएको छ। मंगलबार जारी गरेको सुचना अनुसार कोभिड १९ को महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न नसकिएको महानगरको शिक्षा महाशाखाले जनाएको हो ।

 

विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजा फल विद्यालयहरुले यसअगाडि सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक, परीक्षाको अंकलाई आधारमा मानी ५० प्रतिशत अंक प्रदान गर्ने र बाँकी ५० प्रतिशत अंक कक्षाकार्य, गृहकार्य, हाजिरी र अनलाइन कक्षामा भएका सिकाइ लगायतलाई आधार मानी विशषयगत शिक्षकले अंक प्रदान गर्ने निर्णय भएको छ। 

 

 विषयगत शिक्षकले एक्सल सिटमा भरेर प्रधानाध्यापकबाट प्रमाणित गरी २५ गतेभित्र महाशाखामा पठाइदिन अनुरोध गरिएको छ ।