वीरगञ्ज बजारमा निषेधाज्ञा उलंघन गरी पसल खोल्ने १४ जना पक्राउ

वीरगञ्ज बजारमा निषेधाज्ञा उलंघन गरी पसल खोल्ने १४ जना पक्राउ

वीरगञ्ज, १७ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले निषेधाज्ञा उलंघन गरी पसल खोल्ने सञ्चालकहरुलाई पक्राउ गरेको छ ।

निषेधाज्ञाको उलंघन गरी पसल तथा होटेल सञ्चालन गर्ने १४ जनालाई नियन्त्रणमा लिएर अब उप्रान्त निषेधाज्ञा अवधिभर पसल नखोल्ने शर्तमा छोडिएको पर्सा प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा अत्यावश्यक सेवा बाहेकका अन्य मालसामानहरुको पसल सञ्चालन गरेको सूचनाको आधारमा खटिएको प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

वीरगञ्जका बालाजी पसलका बन्टीबाबु गुप्ता,  आकाश इन्टरनेशनल पसलका आषिश गुप्ता, डिलाई गो रेष्टुरेन्टका प्रिन्स श्रीवास्तव र सन्देश जैसवाल, श्रेष्ठ टेलर्सका सोनू श्रेष्ठ, पिपा सेन्टरका मनिष गुप्ता, विशाल ट्रेडर्सका सुरज गुप्ता, मितेश ट्रेडर्सका भोला प्रसाद कलवार, नमी ट्रेडर्सका नसिम अख्त्तर, नेहा भिजन ईलेक्ट्रोनिक्सका बलराम प्रसाद सोनार, वीरगञ्ज ईलेक्ट्रोनिक्सका रुपेश कुमार सर्राफ, पायल स्टुडियोका शेख नजिर, बी एण्ड बी होटेलका गोपाल तामाङ र बिकास तामाङलाईसम्झाईबुझाई छोेडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।