दुई स्वर्ण पदक सहित शिल्पकार बने अस्ट्रेलिया का राष्ट्रिय चैम्पियन

शिल्पकार आईसीएन वर्ल्डवाइड बॉडीबिल्डिंग चैम्पियनशिप २०१९ स्वर्ण पदक बिजेता हुन्

दुई स्वर्ण पदक सहित शिल्पकार बने अस्ट्रेलिया का राष्ट्रिय चैम्पियन

२९ मे , सनिबार

ब्रिसबेन मा आयोजित आइ.न.ब.ए.  राष्ट्रिय च्याम्पियनशिप मा सुजन शिल्पकार दुई स्वर्ण पदक र  एक सिल्वर पदक सहित राष्ट्रिय चैम्पियन बनेका छन्। पुरुष फिजिक्स नोभिसमा पहिलो (गोल्ड), पुरुष फिजिक्स उचाई वर्गमा दोस्रो (गोल्ड) र  पुरुष फिजिक्स ३० प्लस मा सिल्वर पदक  सहित शिल्पकार नेशनल अस्ट्रेलिया का चैम्पियनशिप आफ्नो हात मा परेका हुन्।

शिल्पकार आईसीएन वर्ल्डवाइड बडीबिल्डिंग चैम्पियनशिप २०१९ स्वर्ण पदक बिजेता हुन् भने तस्मानियामा आईसीएन स्टेट बडीबिल्डिंग मा चैम्पियनशिपमा भाग लिई स्वर्ण पदक आफ्नो नाम मा परिसेकाका छन्। 

शिल्पकार आईसीएन राष्ट्रिय च्याम्पियनशिप र आईसीएन विश्वव्यापी च्याम्पियनशिप को तयारी मा छन्। बिदेसी भुमि मा भएर पनि नेपाल को शान उज्जल परेका सुजन लाई आगामी दिन मा सफलताको कामना।  

शिल्पकार ले नेपाल रिपोर्ट संग कुरा गर्दै भने - स्वास्थ्य नै  धन हो , हामी धेरै काम मा भागदौड गर्दा आफ्नो स्वास्थ्य को लागि पनि समय छुट्टाउनु  बिर्सेका त छैनौ ?

शिल्पकार थप भन्छन - व्यक्तिगत जीवन, व्यावसायिक जीवन, र जिम जीवनको बीचमा आफ्नो समय व्यवस्थापन  गर्नु आजको आवश्यकता हो  । मैले आफ्नो दिनचर्यामा स्वास्थ्य पनि  समावेश गरेको छु - त्यसैले मैले काम र परिवारका लागि समय छुट्याएझैं म पनि जिमको लागि समय छुट्याउँछु।