स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने एक व्यक्ति प्रहरी नियन्त्रणमा

स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने एक व्यक्ति प्रहरी नियन्त्रणमा

१९ जेठ , बीरगञ्ज । बीरगञ्ज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जर समेतबाट पटक-पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका कानूनविपरीत क्रियाकलाप गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.१० घडिअर्वा बस्ने आफूलाई सञ्चारकर्मी तथा समाजिक अभियन्ता भनी Y.O.B. नामको फेसबुक ग्रुपपेज समेत चलाउने बर्ष २४ का सौरभ साह हुन् । 

 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।