ठमेलमा मेन्ज फाउण्डेसनले अन्तिम पटक राहत बाँड्यो , अब दैलो दैलोमा पुगेर सहयोग गर्ने

नेपाली कांग्रेस महामन्त्री डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको आजको यस राहत वितरण कार्यक्रममा युवा नेता प्रगति मान रन्जीत , डब्लु.टी.टी.सी. अध्यक्ष सन्तोष पाण्डे लगायतको सहभागिता थियो ।

ठमेलमा मेन्ज फाउण्डेसनले अन्तिम पटक राहत बाँड्यो , अब दैलो दैलोमा पुगे...

 

२१ जेठ , काठमाडौं । आज काठमाडौँको ठमेलमा मेन्ज फाउण्डेसनले ७०० बढी दाल , चामल र नुन सहितको राहत प्याकेज बाँडेको छ । यो उसले ठमेलमा एकै ठाउँबाट बाड्ने अन्तिम राहत हो । अब फाउण्डेसनले ढोका ढोकामा , घर घरमा पुगेर अत्याबश्यक सामग्री वितरण गर्नेछ। 

फाउण्डेसनले शुक्रबार बाहेक दैनिक ११ देखि ४ बजेसम्म आर्थिक रूपमा गार्हो परेकाहरूलाई निःशुल्क भोजनको व्यवस्था पनि गर्दै आएको छ। 

नेपाली कांग्रेस महामन्त्री डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको आजको यस राहत वितरण कार्यक्रममा युवा नेता प्रगति मान रन्जीत , डब्लु.टी.टी.सी. अध्यक्ष सन्तोष पाण्डे लगायतको सहभागिता थियो । 

फाउण्डेसनका अध्यक्ष मेन्ज खानले स्वयंसेवकहरु रामेश्वर शर्मा भुर्तेल , सुरेश कोटी , दीक्षान्त भुजेल , सरिता तामाङ , निशा भुजेल , एलिशा केसी , दुर्गा देवी श्रेष्ठ , राजु उप्रेती , अनिल उपाध्याय , प्रभात बहादुर सिंह र सुजन डंगोललाई कार्यक्रम सफल पारिदिनु भएकोमा धन्यवाद दिँदै उहाँहरूबाट अझै यसरी नै सहयोगको अपेक्षा रहेको बताउनुभयो । 

फाउण्डेसनले नेपाल रिपोर्ट्स , कान्तिपुर , हिमालयन टाइम्स , अन्नपूर्ण पोष्ट , अनलाइखबर र राष्ट्र संग्रक्षणका मिडियाका साथीहरूलाई सहयोगको लागि धन्यवाद दिएको छ ।

यदि कसैलाई सहयोगको खाँचो परेको वा सहयोग गर्न चाहेको भए निम्न नम्बरमा फोन गर्न सक्नुहुनेछ । 

मेन्ज खान ( ९८५१०४४७९८ )