विभिन्न इञ्जिनियरिङ कलेजमा रहेका अनेरास्ववियु सानको इन्जिनियरिङ अध्ययन संस्थानलाई खबरदारी

सबै क्याम्पसका संगठनले विज्ञप्ति डीनको कार्यालय ( ई.अ.सं. पुल्चोक ) , सम्बन्धित कलेज प्रशासन , AECON लगायत अनेरास्ववियु केन्द्रीय कार्यालयमा पठाउँदै राम्रो कुरामा सबैको साथ मिल्नेमा आशावादी रहेको बताएका छन् ।

विभिन्न इञ्जिनियरिङ कलेजमा रहेका अनेरास्ववियु सानको इन्जिनियरिङ अध्ययन...

२१ जेठ , काठमाडौं । कोरोना महामारीले अन्य क्षेत्रलाई झै शिक्षा क्षेत्रलाई पनि नकारात्मक असर पारेको र विभिन्न चुनौतीहरूसँग आफूहरु इन्जिनियरिङ अध्ययन संस्थानसँग मिलेरै अगाडि बढिरहेको बताउँदै कोरोनाको पहिलो लहर र त्यस पछाडि भएका गल्तीहरू पुन नदोहर्याउन इञ्जिनियरिङ कलेजहरुमा रहेको अनेरास्ववियु सान संगठनले इन्जिनियरिङ अध्ययन संस्थान र आ-आफ्नो क्याम्पसलाइ खबरदारी गरेका छन्।  

 

 

विभिन्न ७ इञ्जिनियरिङ कलेजहरुका अनेरास्ववियु सान संगठनले छुट्टाछुटै विज्ञप्ति निकालेर विद्यार्थीको हितको ख्याल गरेर अगाडि बढ्न प्रशासनलाई सुझाएका छन् । लगातार दुइटा परिक्षा दिन परेको , परीक्षाफल प्रकाशन हुन बाँकी , बाँकी पुन परीक्षाहरु आदिको बारेमा विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै उनीहरुले विज्ञप्तिमा धेरै अभिभावकहरुको आय आर्जनको स्रोत पनि गुमिसकेको र सबैको नै घटेको बताउँदै प्राइभेट कलेजहरूले माफियाको जस्तो गरी शुल्क नउठाउन अनुरोध समेत गरका छन् र आधार देखाएर र मानवताको हिसाबले सोचेर बिद्यार्थीसँग शुल्क लिन पनि भनेका छन् । 

 

पहिलो लहरमा पनि शुल्क बिबाद लगायत अन्य समस्या भएको तर राम्रो ढंगमा विवाद र समस्याहरू नसुल्झाइएको बताउँदै संगठनहरुले यस पटक आफूहरु पहिला जस्तो चुप नबस्ने र विद्यार्थीको हकमा अन्तिम सम्म जुनसुकै हदमा गिरेर लडिरहन तयार रहेको भन्दै चेतावनी पनि दिएका छन् । 

 

सबै क्याम्पसका संगठनले विज्ञप्ति डीनको कार्यालय ( ई.अ.सं. पुल्चोक ) , सम्बन्धित कलेज प्रशासन , AECON लगायत अनेरास्ववियु केन्द्रीय कार्यालयमा पठाउँदै राम्रो कुरामा सबैको साथ मिल्नेमा आशावादी रहेको बताएका छन् ।