सांसद् यादवले सरकारमा सहभागी भएकालाई संसद् हत्याको श्राद्ध भोज खान गएको संज्ञा दिए

सांसद् यादवले सरकारमा सहभागी भएकालाई संसद् हत्याको श्राद्ध भोज खान गएक...

विरगंज, जेष्ठ २१।जनता समाजवादी पार्टीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेकाहरुको सांसद् प्रदीप यादवले कडा आलोचना गरेका छन्  ।

सांसद यादवले संसद् भङ्ग गर्न प्रधानमन्त्री ओलीलाई हत्याराको संज्ञा दिँदै सरकारमा सहभागी भएकाहरुलाई भङ्ग गरिएको संसद्को श्रद्धा भोजमा गएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोष्ट लेख्दै भनेका छन्, " लोकतन्त्रको स्तम्भ जनताको न्यायको मन्दिर सङ्घीय संसद् भङ्ग गराउने (हत्यामा) सहयात्रीहरुले श्राद्धको भोज वा कात्रो खान गएकाहरुलाई मन्त्रीपद पाएकोमा बधाई छ ।" 

यादवले प्रतिगमनको सहयात्रीहरुलाई संघिय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने बकसीस पाएका बताएका छन् । "श्राद्धको भोज मिठो लागे पनि लोकतन्त्रको लहु मिसिएको भोज र बकसिस इतिहासले सदा सर्वदा समझिने छ," यादवले लेखेका छन् ।