यूट्यूबर अस्मिका को एक सपना सार्बजनिक

यात्रा ,खाना ,ईभेन्ट भ्लग बनाउन रुचि राख्ने श्रेष्ठ पछिल्लो समय मा छोटो फिल्म प्रति आकर्षित देखिन्छिन् ।  

यूट्यूबर अस्मिका को एक सपना सार्बजनिक

बिगत १ वर्ष देखि  निरन्तर यूट्यूब मा लागेकी अस्मिका श्रेष्ठ, धेरै को लागि नौलो नाम होइन । अस्मिकाज़ भ्लग को आधिकारिक यूट्यूब च्यानल मार्फत नेपाली छोटो चलचित्र एक सपना शुक्रबार देखि सार्बजनिक भएको छ।  

एक सपना फिल्म मा मुख्य भूमिकामा  अस्मिका श्रेष्ठ स्वयम छिन् भने लेखन तथा निर्देशन सुबिन खरेल को रहेको छ। अस्मिकाज़ भ्लग को एक सपना दोस्रो फिल्म हो ,पहिलो फिल्म म ठिक छु नेपाल मा फेमिली शो डाउन नामक छोटो फिल्म प्रतिस्पर्धा मा फर्स्ट रनर अप भएको थियो। 

यात्रा ,खाना , ईभेन्ट भ्लग बनाउन रुचि राख्ने श्रेष्ठ पछिल्लो समय मा छोटो फिल्म प्रति आकर्षित देखिन्छिन्  , उनको एक सपना आफुले बनाएको दोस्रो भए पनि अभिनय गरेको भने चौथो फिल्म हो।

नेपाल रिपोर्टस संग कुरा गर्दै अस्मिका भन्छिन - एक सपना सत्य घटनामा आधारित फिल्म हो र यसमा बन्द आखाले  र  खुला आखाले देखीने सपना  को कुरा गर्छ , साथमा म को हु भन्ने चिनाउन सहयोग गर्छ।  थप सम्बाद मा  अस्मिका भन्छिन - यो  फिल्म बाट निक्कै आशाबादी रहेको छु , दर्शक ले माया गरि दिनु हुन्छ भन्ने अपेक्षा राखेको छु।  

अस्मिकाज़ भ्लग यूट्यूब  लिंक :  https://www.youtube.com/AsmikazVlog