रहेनन् अब कलाकार एकाराम सिंह

रहेनन् अब कलाकार एकाराम सिंह

२५ जेठ, काठमाडौं । संस्कृतिविद् एवं‌ कलाकार एकाराम सिंहको निधन भएको छ । बाल साहित्य एवं‌ चित्रकलामा ख्याति कमाएका उनको ५३ वर्षको उमेरमा सोमबार ज्यान गएको हो ।

उनी कपनस्थित करूणा अस्पतालको आइसियुमा उपचाररत थिए । काठमाडौं महानगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा समावेश हुने चित्रकला तयार पारेका उनले राणा प्रधानमन्त्री एवं‌ राजपरिवारका सदस्यहरूको समेत कैयौं चित्र कोरेका छन् ।उनले लिच्छविदेखि मध्यकालसम्मका संस्कृति झल्किने विभिन्न चित्रकला समेत उतारेका छन् ।