रिपोर्टिङमा गएको थिएँ , रक्तदान गरेर फर्किएँ : पत्रकार वर्णवाल

रिपोर्टिङमा गएको थिएँ , रक्तदान गरेर फर्किएँ : पत्रकार वर्णवाल

२५ जेठ , काठमाडौं । नेपाल रिपोर्ट्स पत्रकार दिपु वर्णवाल बिहान उठेर सधैं झै रिपोर्टिङका लागि घरबाट निस्किए । कोरोनाको कारण धेरै जसो सबै घरभित्रै सुरक्षित रूपमा बसेको बेला पेसागत धर्म निभाउदै केही अन्य झै दिपु पनि डरलाई पाखा लगाएर घरबाट निस्कने गरेको छन्।  

कामकै क्रममा वीरगंज स्थित नेशनल मेडिकल कलेज पुगेको बेला त्यहाँ एक बिरामीलाई बि नेगेटिभ रगतको खाँचो परेको थाहा पाएपछि उनले रक्तदान गरे । 

आफ्ना सहकर्मीलाई फोनमा आफ्नो अनुभव सुनाउँदै उनले भने अरू दिन झै रिपोर्टिङमा गएको थिए तर बिरामीलाई रगत चाहिएको भन्ने सुनेपछि अरु काम थाती राखेर सहयोग गरेको हुँ । सबैले आफ्नो ठाउँबाट यो महामारीसँग लडन सहयाेग गर्नुपर्ने बताउँदै गर्दा आफूले पनि सहयाेग गर्न सकेकोमा वर्णवाल निकै नै खुशी सुनिन्थे ।