विश्व हिन्दू युवा संघ स्याङ्जाको निबन्ध प्रतियोगिताको नतिजा प्रकाशित

विश्व हिन्दू युवा संघ स्याङ्जाको निबन्ध प्रतियोगिताको नतिजा प्रकाशित

विश्व हिन्दू युवा संघ स्याङ्जा द्वारा आयोजना गरिएको" पूर्विय दर्शनको आधारमा शिक्षा" विषयको निबन्ध प्रतियोगिताको नतिजा प्रकाशित गरिएको छ । 

 

प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय बाट विद्यार्थीहरूको उलेखनिय मात्रामा उपस्थिति रहेको थियो। बिद्यार्थी हरु यति बेला कोरोना ले गर्दा घरमा नै बसेको कुरा लाई मध्यनजर गर्दै उनीहरुलाई रचनात्मक कार्यमा सहभागी गराउने हेतुले कार्यक्रम को आयोजन गरिएको विश्व हिन्दू युवा संघ स्याङ्जाका अधक्ष्य नबराज पौडेलले जानकारी दिए। कार्यक्रम मा संयोजक हरी रेग्मीले गरेका थिए।कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दू युवा संघ का केन्द्रीय अध्यक्ष ऋषिकेश जंग शाह,विशिष्ठ अतिथि मा भीरकोट नगरपालिका का प्रवक्ता एबं वार्ड नं १ वार्ड अध्यक्ष दीपेन्द्र केसि हुनुहुन्थ्यो।साथै विश्व हिन्दू युवा संघ ले सम्पूर्ण उपस्थिति भएका विद्यार्थी हरुलाई धन्यावाद दिएको छ साथै निष्पक्ष मूल्यांकन गर्दिनु भएकोमा निर्णायक मण्डल हरुमा पनी धन्यबाद व्यक्त गरेको छ।निम्न अनुसारका विद्यार्थीहरुले प्रथम,दोस्रो,तेस्रो र सान्तवना स्थान प्राप्त गर्नु भयेको छ।

 

प्रथम - डिल्लि राम रेग्मी ,वालिङ -५,नेपाल आदर्श मा वि वालिङ

 

दोस्रो - सफल भट्टराई , वालिङ-१३ ,पाईनियर्स हायर एजुकेशन एकेडेमी 

 

तेस्रो - विना रेग्मी, वालिङ ६ राष्टिय मा वि 

          पोषकान्त लुइटेल वालिङ ०९ भुम्रे मा वि 

सान्तवना - अनिश भट्टराई , गल्याङ पाईनियर्स हायर एजुकेशन एकेडेमी 

           -अभिशेक रेग्मी भिरकोट -०१ पाईनियर्स हायर एजुकेशन एकेडेमी 

 

 

 

साथै कार्यक्रम को प्रचार प्रसारमा कुशल बस्याल, व्यवस्थापनमा मनी सुवेदी रहेका थिए भने कार्यक्रमको संयोजकत्व हरी रेग्मीले गरेका थिए।निबन्ध विद्यार्थी हरुले इमेल मार्फत पठाएका थिए। साथै प्रथम ,दोस्रो,तेस्रो,र सान्तवना हुने लाई प्रमाण पत्र र पुरस्कार वितरण गरिने भएको छ।