नेल्टाद्वारा गौशालामा निशुल्क खोप एंव औषधि वितरण

नेल्टाद्वारा गौशालामा निशुल्क खोप एंव औषधि वितरण

२६ जेठ , स्याङ्जा । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को छैठौ स्थापना दिवसको अवसरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)स्याङ्जाले , वालिङ स्थित सुर्कैदिमा रहेको गौशालामा निशुल्क खोप एंव औषधि वितरण कार्यक्रम आयोजना गरेको छ ।

आज दिवसको अवसरमा गौशालामा रहेका गाई तथा बच्छा बाच्छीलाई खोप, परजिवी नियन्त्रण तथा मिनरल वितरण गरिएको छ। नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा)स्याङ्जाले आयोजना गरेको शिविरमा पचास भन्दा बढी गाईको स्वास्थ्य परीक्षण तथा खोप वितरण गरिएको नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ स्याङ्जाका अध्यक्ष दोलराज गैह्रेले बताए। पशुलाई निर्दयी व्यवहार गर्न नहुँने बताउँदै गैह्रेले भने,‘राष्ट्रिय जनावर सडकमा छाड्ने हामी मानवहरु पशुको अधिकार बिर्सिएका छौं।

 

कार्यक्रम वालिङ नगरपालिका पशु सेवा शाखा प्रमुख डा बसन्त अधिकारीले गौशाला अध्यक्ष केदार बिकललाई परजिवी नियन्त्रण तथा मिनरल हस्तान्तरण गर्नु भएको थियो भने पशु सेवा शाखा अधिकृत देव कुमारी श्रेष्ठ युवा नेता एवं समाज सेवी दिक्षान्त खाण नेल्टा केन्द्रय प्रतिनिधि रमेश अर्याल नेल्टा सदस्य चण्डी गैह्रे नेल्टा सदस्य राज भट्टराई आदिको उपस्थिती रहेको थियो । कार्यक्रममा पशु सेवा शाखा र सफल व्यबसायि मदन अर्याल एंव राज भट्टराईले औषधि सहयोग गर्नुभएको थियो ।