प्रदेश २ : नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

प्रदेश २ : नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

जनकपुरधाम, जेठ २७ । प्रदेश २ को प्रदेशसभा बैठकमा आज अगामी आ.व. २०७८।०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ ।

आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश २ का प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएका छन् ।

नीति तथा कार्यक्रमको लागि समयमै उपस्थित हुन सभामुख सरोज कुमार यादवले मंगलबार नै प्रदेशसभा बैठकमा पूर्व सूचना पढेर सूनाएका थिए ।