तनहुँ, घिरिङ्गमा युथ कांग्रेसको भर्चुअल नेतृत्व विकास प्रक्षिषण कार्यक्रम

तनहुँ, घिरिङ्गमा युथ कांग्रेसको भर्चुअल नेतृत्व विकास प्रक्षिषण कार्यक...

२७ जेठ, तनहुँ । बुधबार साझ छ बजे भर्चुअल माध्यम-जूमबाट प्रशिक्षण कार्यक्रम युथ कांग्रेस नेपाल घिरिङ्गको आयोजनामा र युथ कांग्रेस नेपाल तनहुँको समुन्वयमा बेलुकी ८ बजे सम्पन्न भएको थियो। युक्त कार्यक्रमको सभापति युथ कांग्रेस नेपाल, तनहुँ जिल्ला घिरिङ्ग गाउपालिकको प्रतिनिधित्व गरेर जिल्ला सदस्य हुनुभएको होम थापा हुनुहुन्थ्यो, प्रमुख अतिथि नेपाली कांग्रेसका तनहुँ जिल्ला सभापति आदरणीय बैगुन्ठ न्यौपाने हुनुहुन्थ्यो, कार्यक्रमका प्रमुख वक्ताको रुपमा नेपाली कांग्रेसका नेता देवराज चालिशे र प्रशिक्षक युथ कांग्रेस नेपाल केन्द्रिय संयोजक सचिन तिमल्सिना हुनुहुन्थ्यो । कार्यक्रमको स्वागत युथ कांग्रेस नेपाल, तनहुँका संयोजक राजेश कुमार श्रेष्ठले युथ कांग्रेसको बारेमा बुझाउँदै गर्नु भएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले अबको युवा कस्तो हुनु पर्छ त भन्नेकुरामा जोड दिनु भएको थियो। "युवा मात्र भएर भएन, युवामा भिजन, मिस्सन र पार्टीमा लाग्ने हुनुपर्छ किनभने पार्टीमा लाग्ने त्यो वफादारीता र अन्य कुनै संस्थामा लागे पनि त्यसको पहिलो वफादारीता र भिजन हुनुपर्छ। युवा मात्र भएर नेतृत्व पाइदैन नेतृत्वमा गएर मात्रै सिकिन्छ वा जनिन्छ भन्ने होइन, पहिलै सिकेर बल्ल नेतृत्वमा जानुपर्छ " उहाले भन्नुभयो ।

 

प्रशिक्षणका प्रमुख वक्ता देवराज चालिसेले, अबको युवाहरु बोल्न पर्‍यो। कुनै पनि एउटा सत्ताको लोभमा, पदको लोभमा बसेर जे भन्छ त्यो मनन गर्नु होइन कि आफुले देखेको कुराहरु देखेर आफुले समाजमा बिकास, जनताको प्रतिनिधि गर्दै युवाहरु माथि आउन पर्ने कुराको प्रशिक्षण दिनु भयो । 

 

यसैगरी, प्रशिक्षण कार्यक्रमको प्रशिक्षक सचिन तिमल्सिनाले अबको देश कस्तो हुने, अबको नेपाललाई नेपाली कांग्रेसलाई कस्तो खाका बनएको छ। जसरी एउटा घर बनाउदा एउटा ईन्जिनियरले त्यो घरको डिजाईन पहिला नै गरेसकेको हुन्छ भने अब नेपाल बनाउनको लागि नेपाली कांग्रेसले खाका कोर्न एकदमै जरुरी छ र त्यसमा युवहरुले साथ, समर्थन हुनुपर्छ बताउनु भयो ।   

 

सो कार्यक्रममा नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीत प्रकाश आले, नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि एवम नेपाल विद्यार्थी संघ तनहुँका जिल्ला सभापति चुणामणी खनाल, नेपाल तरुण दल तनहुँका कार्यवाहक सभापति हिरा थापा, ट्रड युनियन तनहुँका अध्यक्ष सुर्यचन्द्र हडखले, तनहुँ महिला संघका अध्यक्ष पवित्रा पौडेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सन्चालन थ कांग्रेस नेपाल, तनहुँ जिल्ला घिरिङ्ग गाउपालिकको प्रतिनिधित्व गरेर जिल्ला सदस्य हुनुभएको होम थापाले नै गर्नुभएको थियो।