प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, गृहमन्त्रीमा खगराज अधिकारी

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, गृहमन्त्रीमा खगराज अधिक...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

२१ गते १० मन्त्री थपेका प्रधानमन्त्री ओलीले आज फेरि मन्त्रिपरिषद् विस्तार गरेका हुन।

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ’।, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ।

विस्तारित मन्त्रिपरिषद्‌मा निकै चासोपूर्वक हेरिएको गृह मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका नेता खगराज अधिकारी पाएका छन्।