प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन गर्न खोज्दा नेविसंघ पृथ्वी नारायण क्याम्पसका नेताहरु पक्राउ

प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन गर्न खोज्दा नेविसंघ पृथ्व...

२७ जेठ, पोखरा । केहि दिन अगाडी उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको बिरोध तथा चुरे संरक्षणको बिषयलाइ उठाएर कास्कीमा आज आयोजित बिरोध प्रदर्शन कार्यक्रममा क्रममा नेपाल विद्यार्थी संघका नेताहरु पक्राउ परेका छन् ।

 

पोखरा–१ बगर, भिमकालीपाटन, बगरचोकमा पिएन क्याम्पस गेटमा गरेको प्रदर्शनी र क्याम्पस गेटमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीको पुत्ला दहन गर्न खोज्दा नेपाल विद्यार्थी संघ पृथ्वी नारायण क्याम्पसका सभापति दीपक शर्मा वाग्ले सहितका अनिस पाण्डे,अकल क्षेत्री, सुशिल न्यौपानेलाई गरी ४ जना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेका प्रदर्शनकरी हरुलाई प्रहरीले वडा प्रहरी कार्यालय बगरमा राखेका छन् ।