गण्डकी प्रदेश सभामा विस्वासको प्रस्तावमाथिको छलफल सकियो

गण्डकी प्रदेश सभामा विस्वासको प्रस्तावमाथिको छलफल सकियो

२७ जेठ , पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीससुब्बा गुरुङले पेस गरेको विस्वासको प्रस्तावमाथि छलफल सकिएको छ ।

 

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, एमालेका मुख्य सचेतक मायानाथ अधिकारी, माओवादी केन्द्रका हरिबहादुर चुमान, जनमोर्चा नेपालकापियारी थापा र जनता समाजवादी पार्टी दलका नेता हरिशरण आचार्यले भनाइ राखे ।

 

अधिकारी वाहेक सबैले प्रस्तावको विपक्षमा मत जाहेर गर्ने र त्यही अनुसार सांसदहरुलाई निर्देशन गरिएको बताए ।

 

बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

 

अबको बैठकमा मत विभाजन सम्बन्धी कार्य हुनेछ ।

 

स्रोत: आदर्श समाज