भर्ना शुल्क नलिन पर्सा जिल्ला भरिका बिद्यालयको नाँउमा अन्तरिम आदेश

भर्ना शुल्क नलिन पर्सा जिल्ला भरिका बिद्यालयको नाँउमा अन्तरिम आदेश

वीरगञ्ज १ असार । उच्च अदालत अस्थाई ईजलास बीरगञ्जले पहिला देखि बिद्यालय भर्ना भईसकेका बिद्यार्थीसंग सोही बिद्यालयको अर्को कक्षामा प्रवेश गरे वापतको भर्ना शुल्क नलिन जिल्लाको सम्पुर्ण संस्थागत तथा सामुदायिक बिद्यालयहरुको नाँउमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।


बिद्यार्थीसंग भर्ना हुदा एकपटकको लागी भर्ना हुने कक्षाको मासिक पढाई शुल्क भन्दा बढी भर्ना शुल्क नलिन र लिन नलगाउन भनि शिक्षा बिकाश तथा समन्वय ईकाई पर्सा र जिल्लाको सम्पुर्ण संस्थागत तथा सामुदायिक बिद्यालयहरुको नाँउमा आदेश जारी गरेको हो ।

निवेदक अधिवक्ता प्रमोद प्रसादले पर्सा जिल्लाका संस्थागत तथा सामुदायिक बिद्यालय तथा शिक्षा बिकाश तथा समन्वय ईकाई पर्सा लगायत बिभिन्न ७१ जनालाई बिपक्षी बनाई दायर गर्नु भएको उत्प्रेषण परमादेश मुद्दामा उच्च अदालत अस्थाई ईजलास बीरगञ्जका माननिय न्यायाधिश गणेश प्रसाद बरालको एकल ईजलासले आज सो आदेश जारी गरेको हो । 


ईजलासले अन्तरिम छलफलका लागी यही आषाढ ७ गते छलफलका उपस्थित हुन समेत बिपक्षीहरुको नाँउमा आदेश जारी गरेको छ । 

मुद्दामा निवेदक तर्फबाट निवेदक लगायत अधिवक्ताहरु रामचन्द्र सिंह, रामनारायण प्रसाद कुर्मी, रामाशिष प्रसाद यादव, प्रेम कुमार साह, ओमप्रकाश गुप्ता, केशवलाल केशरी, अजय कुमार श्रीवास्तव र रामबली प्रसाद चौहान लगायतले बहस गरेका थिए । 


यसैबिच अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतमले सम्मानित उच्च अदालत अस्थाई बीरगञ्जको आदेशले बिद्यार्थी तथा अभिभावकहरु लाई राहत पुगेको प्रतिक्रिया दिनु भयो ।