" सिर्जना " राष्ट्रव्यापी खुल्ला अनलाइन कविता प्रतियोगिताको नतिजा सार्वजनिक

" सिर्जना " राष्ट्रव्यापी खुल्ला अनलाइन कविता प्रतियोगिताको नतिजा सार्...

१ असार,  काठमाडौ । दी फर्स्ट नेपाल फाउन्डेसनले आयोजना गरेको " सिर्जना " राष्ट्रव्यापी खुल्ला अनलाइन कविता प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक भएको छ।

यूटीसी नेपाल टाइटल स्पोन्सर रहेको यस कविता प्रतियोगितामा फाउन्डेसनले माहुरीसँग सहयोग लिएको थियो भने प्रतियोगिताको मीडिया पार्टनर नेपाल रिपोर्ट्स रहेको थियो । 

 दुई चरणमा भएको कविता प्रतियोगितामा २०० बढी रजिष्ट्रेशन , ११८ भिडियो र दुई लाख बढी सोसल इन्गेजमेन्ट भएको थियो । 

सन्तोष सरील प्रथम हुनुभएको यस प्रतियोगितामा उत्सिका आचार्य र प्रीति श्रेष्ठ क्रमश दोश्रो र तेश्रो घोषित हुनुभयो । 

प्रतियोगिताको निर्णायक मण्डलमा  खेम प्रशाई, देवेन्द्र पौडेल र मोहित जोशी रहनु भएको थियो ।