नेपाली पोडकास्ट - द कुरा कास्ट को लोकप्रियता

जो मान्छे दुःख झेलेर र दुःख जितेर अगाडि बढेको हुन्छ उसले केही हदसम्म जिन्दगी बुझेको हुन्छ भन्ने विश्वास राख्ने अस्कर सागरका पात्रहरू पनि येस्तै छनौट गर्छन।

नेपाली पोडकास्ट - द  कुरा कास्ट को लोकप्रियता

  

''The Kura Cast"

सागर भण्डारी अर्थात् अस्कर सागर केही वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका लुकेका नेपाली अनुहार हुन् ।  फिल्म  हेर्न, पोडकास्ट सुन्न , किताब पदने रुचि राख्ने सागर होबर्ट मा  नेपाली रेडियो - संगीत सम्बाद पनि गर्दै आएका छन् , र हाल उनि  कुरा कास्ट नामक पोडकास्ट चलाउछन्।  

पोडकास्ट  मा ठूला ठूला राजनीतिज्ञ, स्टार कलाकारहरु,  बौदिक , बुद्दिजिबि लाई एक ठाउँ मा थाती राखेर साधारण जीवनशैली भएका,असफलतालाई जितेर सफलताको बाटोमा अगाडि बढिरहेका, समाजमा कतै केही योगदान पुर्याउन खोजेका र यस्तै यस्तै साधारण मान्छेहरूको कुरा गर्छन जुन पोडकास्ट को सुन्दरता हो। 

सागर आफ्नो वाककला र रेडियो को अनुभब लाई आत्मसात गर्दै पोडकास्ट लाई रुचि को रुप मा सुरु गरेका भए पनि पोडकास्ट को लोकप्रियता संगै सामाजिक जिम्मेवारी बढेको कुरा गर्दै नेपाल रिपोर्टस संग बताए अब  केहि नया र राम्रो गर्ने सोच मा छु।  

जो मान्छे दुःख झेलेर र दुःख जितेर अगाडि बढेको हुन्छ उसले केही हदसम्म जिन्दगी बुझेको हुन्छ भन्ने विश्वास राख्ने अस्कर सागरका पात्रहरू पनि येस्तै छनौट गर्छन।

"मैले किन पोड्कास्ट सुरु गरे" बाट सुरु भएको एपिसोड , दोश्रो मा अस्ट्रेलियाको मेलबर्न सहरमा बस्ने एकजना बैंक म्यानेजर दिदी को कथा, तिनमा एउटा मध्यम वर्गीय परिवारमा हुर्केका ठिटा जो अहिले लन्डन स्कूल अफ इकोनोमिक्समा पढ्दै छन उनको कथा छ भने चारमा भित्यतनाम वार लडेका एक पूर्व अस्ट्रेलियन आर्मीको कथा हुदै  पाँचमा कोभिड महामारी जितेका एकजना स्वास्थ्यकर्मी का प्रेरणादायी कुरा छन।  

११ औ एपिसोड सम्म आइपुग्दा सागर खुसि को महसुस गर्दै नेपाल रिपोर्टस संग भने  - "द कुरा कास्ट"  बाट श्रोता को ताली र गालि को प्रतीक्षा मा छु र  हजुरहरुको आँखामा पनि कोही पात्र  हुनुहुन्छ कृपया [email protected] सम्पर्क गर्नु होला।