मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता

मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता

मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएका छन। यसरी आएको बाढीले मेलम्ची खानेपानी ड्याम समेत समाप्त गरेको छ। बाढीका कारण तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार साथै  मेलम्ची बजार समेतलाई  क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूलमा क्षति पुगेको छ। मेलम्चीको होटल रोजको छ्तमा दुईजना युवाहरु उद्वारको लागि गुहार मागिरहेका छन् तर उक्त होटलको छतमात्र देखिन्छ । साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्वार गर्नुपर्ने देखिएको छ ।
हिजो देखि निरन्तर रुपमा आएको बाढीले बस्ती बगाएको होइन,त्यहा अवस्थित मानिसहरूको सपना, मेहनत अनि खुसी बगाएको हो।।