डा. रघुराज काफ्ले गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त

डा. रघुराज काफ्ले गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष

डा. रघुराज काफ्ले गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियु...

तनहुँका डा. रघुराज काफ्ले गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । ब्यास नगरपालिका–५ का निवासी काफ्लेलाई गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

काफ्लेले अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनी यसअघि तनहुँकै आदिकवि भानुभक्त बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख पनि भएका थिए । तनहुँ जिविसमा स्थानीय विकास कोषको कार्यकारी प्रमुख समेत भएर उनले काम गरेका छन् ।

त्यसैगरि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकको रुपमा समेत उनले काम गरेका छन्। श्रम तथा रोजगार विज्ञको रुपमा काफ्ले परिचित छन् ।

काफ्लेलाई आइतबार मुख्यमन्त्री पोखरेलले सपथ ग्रहण गराइएका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता उपसचिव झलकराम सुवेदीले जानकारि दिए ।

स्रोत: दमौली एक्स्प्रेस