मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं। मनकामना स्मार्ट लघुवित्तले आईपीओ आज (असार १७ गते) बाट बिक्री खुला गर्दैछ । यस लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो ।

जसमध्य ० दशमलव ५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुने १९ हजार ४ सय ५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असार २१ गतेसम्म आइपीओ भर्न सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने असार ३१ गतेसम्म खुला रहने छ ।

यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।