बारामा जंगली हातीको आक्रमणबाट पटेलको मृत्युु

बारामा जंगली हातीको आक्रमणबाट पटेलको मृत्युु

बारा १८ असार । बारामा आज बिहान जंगली हातीको आक्रमणबाट खेतमा काम गरिरहेका एकजना कृषकको मृत्यु भएको छ ।

हातीको आक्रमणबाट कलैया उपमहानगरपालिका वडा नम्बर २ औधापुर निवासी रामदेव पटेलको मृत्युु भएको हो ।खेतमा काम गरिरहेका पटेललाई बिहान जंगली हातीले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो । 

गम्भीर घाइते भएका पटेललाई उपचारकालागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।