रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसद्वारा मेडिकल र इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई काउन्सेलिङ्ग

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसद्वारा मेडिकल र इन्जिनियरिङ पढ्न...

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले ज्ञानदा एकेडेमीसँगको सहकार्यमा मेडिकल र इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई काउन्सेलिङ्ग सेसनको आयोजना गरेको हो । 


इन्जिनियरिङको सेसन राकेश रंजन मिश्राले र मेडिकल सेसन डा.उदय शर्माले सञ्चालन गर्नुभएको थियो । उहाँहरूले मेडिकल र इञ्जिनियरिङ क्षेत्रका चुनौती, यी क्षेत्र छिर्न चाहिने मिहेनत, भविष्य आदिका बारेमा विद्यार्थीलाई जानकारी दिएका थिए ।