नेपाली सोसाइटी अफ तास्मानिया को बार्षिक साधारण सभाद्वारा नया कार्यकारी समिति गठन - अध्यक्षमा खगेन्द्र सत्याल निर्बाचित 

खगेन्द्र सत्याल को नेतृत्व मा ९ सदस्य कार्यकारी समिति गठन भएको छ।

नेपाली सोसाइटी अफ तास्मानिया को बार्षिक साधारण सभाद्वारा नया कार्यकारी...

१० जुलाई, २०२१
होबर्ट, तास्मानिया

नेपाली सोसाइटी अफ तास्मानिया को बार्षिक साधारण सभा भब्य कार्यक्रम को साथ सम्पन भएको छ। निबर्तमान अध्यक्ष अभिनब आचार्यको अध्यक्षतामा सम्पन साधारण सभा मा सोसाइटी ले आफ्ना बार्षिक कार्यक्रम,आय विवरण प्रस्तुत गर्दै  र नेपाली सोसाइटी अफ तास्मानिया स्मारिका २०२१ प्रकाशीत गर्यो।  । 

खगेन्द्र सत्याल को नेतृत्व मा ९ सदस्य कार्यकारी समिति गठन भएको छ।  अध्यक्ष पदका लागि खगेन्द्र सत्याल र अरुणा पौडेलको उमेदवारी परेको मा  खगेन्द्र सत्याल नेपाली सोसाइटी अफ तास्मानिया को २०२१/२०२२ को लागि अध्यक्ष पदमा  निर्वाचित भएका हुन्।  

सँस्थाका अन्य निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा मेघना राउत, सचिवमा बसन्त घिमीरे, कोषाध्यक्षमा डोल्मा शेर्पा निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा गायत्री पाण्डे, अनिल दङ्गाल, अनुज अधिकारी, बिष्णु सापकोटा र पुर्णीमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्।

खगेन्द्र सत्याल भन्छन - तास्मनियाका अन्य सस्थाहरु संग सहकार्य गर्दै अगाडी बढ्ने र सोसाइटीबाट संचालित पाठशालाको लागि बिशेस काम गर्ने अनि साथमा  नेपाली भाषा साहित्य र सस्कृति को जगेर्ना गर्न कोसिस गर्ने बताउछन।