अनेरास्ववियु क्याम्पस कमिटीले ठाकुराममा लगाएको ताला खुल्यो, क्याम्पस प्रमुखसँग सहमती

अनेरास्ववियु क्याम्पस कमिटीले ठाकुराममा लगाएको ताला खुल्यो, क्याम्पस प...

वीरगञ्ज -  त्रिभुवन विश्वविद्यालयभन्दा जेठो क्याम्पस ठाकुराम बहुमुखी क्याम्पसमा लगाइएको ताला अन्ततः खुलेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु ठाकुराम क्याम्पस कमिटिले शुक्रवार क्याम्पस प्रमुख डा. उमेश चौरसिया र क्याम्पसको परीक्षा शाखामा तालाबन्दी गरेको थियो । 

परीक्षा शाखामा अनियमितता भएको र विद्यार्थीहरुलाई विभेद गरिएको भन्दै कमिटिका अध्यक्ष आशिफ अहमदको नेतृत्वमा शुक्रवार अपरान्ह ४ बजे लगाइएको ताला आइतवार खोलिएको हो । क्याम्पस प्रमुख चौरसियाको उपस्थितीमा विद्यार्थी नेताहरुको छलफलले सहमतीको बाटो पहिल्याएको हो । परीक्षा शाखामा कार्यरत कर्मचारीलाई कारवाही गर्नुका साथै आगामी दिनमा यस्ता अनियमितताका घटना नदोहोरिने सहमतीपश्चात ताला खोलिएको कमिटिका अध्यक्ष अहमदले बताए । 

क्याम्पस प्रमुख चौरसियाले भने सामान्य विषयलाई लिएर तालाबन्दी गर्दा आर्थीक वर्षको अन्त्यमा प्रशासनिक काम कारवाही प्रभावित गर्ने कार्य भएको प्रतिक्रिया दिए । छात्रावासमा केही समस्याहरु भएको र कर्मचारीले विभेद गरेको जस्ता विषयहरुमा उनीहरुले विद्यार्थी संगठनले उठाएका मागहरुको समाधानमा आफु गम्भिर रहेको बताउँदै आगामी दिनमा कुनै समस्या भए संवादमार्फत समाधानको बाटो पहिल्याउन विद्यार्थीहरुर्ला सुझाव दिए ।

क्याम्पस सुधारको विषयमा आफु पनि चिन्तीत रहेको बताउँदै प्रमुख चौरसियाले सबै विद्यार्थी संगठनहरुसँग समन्वय र सहकार्य गर्दै क्याम्पसलाई उचाईमा पु¥याउने पाइला पछ्याउने प्रतिबद्धता जनाए । 

छलफलमा सहायक क्याम्पस प्रमुख दिनेश प्रसाद साह, बिबिए संकाय निर्देशक सञ्ज्य श्रेष्ठ, सहायक निर्देशक रघुनाथ प्रसाद चौरसिया, विद्यार्थी नेताहरु प्रकाश रौनियार, फिरोज बादशाह लगायतको सहभागिता रहेको थियो ।