टिकटकमा प्रहरी पोशाक दुरुपयोग कायमै

सामाजिक सञ्जाल टिकटक प्रहरी पोशाक दुरुपयोग भइरहेको छ । नेपाल प्रहरीले स्वीकृती बिना प्रहरीको पोशाक प्रयोग गर्न नपाइने स्पष्ट पारे पनि पोशाक दुरुपयोग रोकिएको छैन ।

टिकटकमा प्रहरी पोशाक दुरुपयोग कायमै

केही समय अगाडि एक विज्ञप्ति जारी गर्दै चलचित्र, टेलिचित्र, सर्ट सिनेमा, टिकटक, स्टेज कार्यक्रम, सांगीतिक भिडिओ आदिमा प्रहरीको पोशाकको दुरूपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको बताएर त्यस्तो दुरुपयोग रोक्न भनेको थियो ।

प्रहरी प्रवक्ता एस.एस.पी. वसन्त बहादुर कुंवरले समेत अब यस बारे निग्रानी भइरहेको र छिट्टै नै दुरुपयोग गर्नेहरूलाई कारबाही गरिने कुरा नेपाल रिपोर्ट्सलाई बताउनुभयो ।

यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने व्यहोरा हुने समेत प्रहरीले स्पष्ट पारेको भए पनि केही टिकटक प्रयोगकर्ता यसको बेवास्ता गरिरहेका छन्।

 

उल्लेखित प्रावधानलाई वेवास्ता गरि, अनुमति बिना प्रयोग गरेमा कानुन बमोजिम कारबाही गरिने कार्यालयले जनाएको भए पनि दुरुपयोग रोकिएको छैन।