डोटीमा दिनानुदिन गर्भपतन गराउने महिलाको संख्या बढ्दै:

डोटीमा दिनानुदिन गर्भपतन गराउने महिलाको संख्या बढ्दै:

जिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ ।कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको पाइएको छ । जिल्लामा जम्मा १६ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा दिने गरिएकामा अहिले १४ मा मात्रै उक्त सेवा रहेकोे स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले जानकारी दिए ।सदरमुकाम चाप एवं स्वास्थ संस्था बढी भएको हुँदा दिपायल सिलगढी नगरपालिकामा २४५ र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा पाँच जनाले सुरक्षित गर्भपतन गराएका छन् । यसैगरी आदर्श गाउँपालिकामा १६९, केआइसिंह गाउँपालिकामा १६२, शिखर नगरपालिकामा १२९ र जोरायल गाउँपालिकामा १२० महिलाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै सायल गाउँपालिकामा ७८, पूर्वीचौकी गाउँपालिकामा ६९ र बडिकेदार गाउँपालिकामा ३० ले सुरक्षित गर्भपतन गराएको जनाइएको छ ।