देउवाले १६५ मत पाउँदा संसद भंग हुनबाट जोगियो

देउवाले १६५ मत पाउँदा संसद भंग हुनबाट जोगियो

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । यससँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको छ ।

 

२९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका हुन् । उनको पक्षमा १६५ मत परेको छ ।

 

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएको छ । प्रमुख विपक्षी एमालेका पनि २२ सांसदले उनलाई मत दिएका छन् ।

 

यो सँगै प्रतिनिधिसभा (संसद) भंग हुनबाट जोगिएको छ । 

 

तस्बीर: प्रधानमन्त्री शेरबहादुर देउवाको ट्विटरबाट