रोट्र्याक्ट ऑफ राजधानीद्वारा , युवाहरुको लागि एक दिने सार्वजनिक बोलाई कार्यक्रम

रोट्र्याक्ट ऑफ राजधानीद्वारा , युवाहरुको लागि एक दिने सार्वजनिक बोलाई...

काठमाण्डौ - भनिन्छ, भाषा पढ़न जान्नु र लेख्न जान्नू भन्दा, भाषाको संचार गर्न जान्नू अत्यन्तै कठिन छ। मात्र एक गलत संचारले व्यक्ति, समाज र राष्ट्रसँगै मनवीयताको पहिचानमै आँच आउने गर्दछ। तसर्थ, यसलाई हामीले राम्रोसँग बुझ्नु र संचार गर्नु एकदमै महत्वपूर्ण छ। यसै कुरालाई मध्यनजर गर्दै, व्यक्ति सँगै समाज, राष्ट्र र मानवीय पहिचानको सुधारात्मक तत्वलाई केही निखार्ने कोशिश  सँगै रोट्रयाक्ट क्लब अफ राजधानी ( आर. आई. डिस्ट्रिक ३२९२, नेपाल  भुटान) ले एक दिने सार्वजनिक बोलाई अङ्ग्रेजीमा One Day Public Speaking Training नामक कार्यक्रम भर्चुअल माध्यमद्वारा हिजो आयोजना गरिएको थियो।

मानव विकासमा संचारको महत्व दर्शाउदै उक्त कार्यक्रमलाई औपचारिक ढंगले निरन्तरता प्रदान गर्नको लागि प्रशिक्षकका रुपमा श्री थेन्दुप शेर्पा ज्यू हुनुन्हून्थ्यो । शेर्पाले व्यक्तित्व विकास, वार्तालापको शैली, कार्यक्रम संचालनको शैली साथै अन्य धेरै शीर्षकमा प्रशिक्षण दिनुभयो। करिब २ घण्टाको उक्त कार्यक्रमको संचालन रो. प्रकृति लम्सालले गरेकी थिइन्। कार्यक्रममा रोटरियन, रोट्रयाक्ट, इन्ट्रयाक्ट् र समुदाय स्तर गरी लगभग ६८ जना सहभागीहरुको उपस्थिति थियो भने धन्यवाद ज्ञापन रोट्रयाक्ट क्लब अफ राजधानीका अध्यक्ष रो. मित्र खत्रीले दिनुभएको थियो। कार्यक्रम निकै जानकारीमुलक र व्यक्तित्व विकासमा आधारित रहेको सहभागीजनले बताएका थिए |

यससम्बन्धी धेरै ज्ञान हासिल भएको र यसले भोलिको दिनमा धेरै नै सहयोग हुने कुरामा विश्वस्त रहेको कुरा उक्त कार्यक्रमकी आयोजिका साथै रोट्रयाक्ट क्लब अफ राजधानीकी व्यवसायिक विकास सह-प्रमुख रो. सन्दिपा न्यौपानेले बताएकी थिइन्।