कांग्रेस अधिवेशनमा कांग्रेस नेता जोशीको विज्ञप्ति मार्फत आह्वान:

कांग्रेस अधिवेशनमा कांग्रेस नेता जोशीको विज्ञप्ति मार्फत आह्वान:

केन्द्रीय नेतृत्वमा रहेका केही व्यक्तिको स्वार्थका कारण पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आफूसहितका व्यक्तिहरुले क्रियाशील सदस्य नविकरण नगर्नु र नगराउनुका कारण उहाँहरू १४औं महधिवेशनबाट विमुख हुनुपरेको उल्लेख गर्दै नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेसको १४ औ महाधिवेशनको विषयमा आज एक विज्ञप्ति निकालेका हुन। 

उनले पार्टीको क्रियाशिल सदस्यता वितरणमा आफ्ना नेता कार्यकर्ताहरु सहभागी नहुने अवस्था आएको भन्दै अधिवेशनमा सहभागी नहुने दुःखद् अवस्था आएको उल्लेख गरेका छन्।

२२०० ( दुईहजार दुईसय) नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले आफनो साधारण सदस्य समेतवाट नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा सामूहिक राजीनामा दिंदा पनि पार्टीको केन्द्रीय नेतृत्व संवेदनहिन भएर किन मौन रहेको बुझ्न नस्क्ने भन्दै आफ्नो विज्ञप्ति निकलेका थिए।