फ्रिक बन्जी जम्पिंग दुर्घटनामा पुलबाट उफ्रिँदा एक महिलाको मृत्यु

फ्रिक बन्जी जम्पिंग दुर्घटनामा पुलबाट उफ्रिँदा एक महिलाको मृत्यु

फ्रिक बन्जी जम्पिंग दुर्घटनामा पुलबाट उफ्रिँदा एक महिलाको मृत्यु

बन्जी जम्पिंग दुर्घटनामा पुलबाट उफ्रिँदा एक महिलाको मृत्यु भएको छ। जुलाई १८ मा एन्टिओकियाको उत्तरी कोलम्बियालीविभागको पुलबाट डुबेर २५ बर्षकि येशिनिया मोरालेसको मृत्यु भएको छ। उनको गोडा वरिपरि बन्जीको डोरी नभएको महसुस गरेपछिएक ठूलो हृदयघातको शिकार भइन |

स्थानीय मिडियाको अनुसार उनले आफ्नो प्रेमीको लागि उफ्रिने सिग्नलको गलत अर्थ लगाए र अचानक भायडक्टबाट अलग भइन।घटना नजिकैको चट्टानमा एक पर्यटकले भिडियोमा खिचेका थिए। मोरालेस ५० मिटरको उचाईबाट एउटा उपत्यकामा खसिन रआपतकालीन सेवाहरू घटनास्थलमा आइपुग्नु अघिनै उनको मृत्यु भैसकेको थियो।उनको प्रेमी पहिलो पटक घटनास्थलमा आइपुगेकाथिए जहाँ उनले सीपीआर गर्ने  कोसिस गरे तर केही खासै फाइदा भएन।

यसैबीच, स्थानीय अधिकारीहरूले घटनास्थलमा सेवा प्रदान गर्ने र उपकरणहरू आपूर्ति गर्ने दुई कम्पनीहरूले त्यसो गर्न अनधिकृत रहेकोदाबी गरेको जानकारि गराइएको छ।