गण्डकी प्रदेश मुख्य मन्त्री पोखरेलको निर्देश

गण्डकी प्रदेश मुख्य मन्त्री पोखरेलको निर्देश

आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पारदर्शिता, सुशासन र उत्तरदायित्वको भावनालाई मूर्तरुप दिन खर्च प्रणालीमा मितव्ययिता र पारदर्शिता अपनाउन मन्त्री, प्रमुख सचिव र सचिवहरुलाई निर्देशन दिदै उनले बेरूजु र उजुरी फर्छ्यौटमा पूर्ण तदारुकता देखाउन निर्देश गरेका हुन् ।

‘यहाँहरुको कुशल नेतृत्वले उपलब्ध सीमित स्रोत साधनको अधिकतम परिचालनमा ध्यान दिनै नै छ ।’ भन्दै प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न आफ्नो क्षमता र सामथ्र्यको पूर्ण उपयोग गर्न आग्रह समेत गरे ।  

मन्त्रालयको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै आफू मातहतका निकाय/ समिति/ संरचनाहरूको प्रभावकारितामा बृद्धि ल्याउन पनि उनले आग्रह गर्नुको साथै चालु खर्चलाई मितव्ययी बनाउने र पूँजीगत खर्चको परिचालनमा प्रभावकारिता वृद्धि हुनेमा उनले विश्वास गरेका छन् ।

आर्थिक वर्षको अन्त्यमा पूँजीगत खर्च गर्ने अवस्थालाई यसै आर्थिक वर्षदेखि यहाँहरुको कुशल नेतृत्वले अन्त्य गर्ने उनले बताएका छन् । उनले बजेट खर्च प्रभावकारी गर्दै कार्यान्वयन पनि राम्रो हुने अपेक्षा गरे ।