मैलुङ खोला जलविद्युत कम्पनीको आई.पी.ओ. आवेदन खुला

मैलुङ खोला जलविद्युत कम्पनीको आई.पी.ओ. आवेदन खुला

१४ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन दिन पाइनेछ ।