सम्पुर्ण लियो क्लब अफ काठमाडौं द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

सम्पुर्ण लियो क्लब अफ काठमाडौं द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौंमा , मुर्खु भञ्ज्याङ्का काठमाडौंमा रहेको लायन्स/लियो पार्कमा ९ गते वृक्षारोपण कार्यक्रम गरिएको छ । लियो जिल्ला परिषद ३२५ बि १ नेपाल अन्तरगत सम्पुर्ण लियो क्लब अफ काठमाडौंको संयुक्तरुपमा कार्यक्रम अायाेजना भएको थियोे ।

 

उक्त कार्यक्रम १५० थान आपको रुख तथा शिरिष अर्जुन अमला र अन्य जातिकाे बिरुवा लायन्स/लियो पार्कमा राेपेकाे थियो ।कार्यक्रमको अध्यक्षता लियो क्लब अफ काठमाडौं मखमलीका अध्यक्ष लियो संगीत श्रेष्ठले गरेका थिए । प्रमुख अतिथीमा लियो  जिल्ला ३२५ बि १ नेपालका अध्यक्ष प्रकाश थापा रहेका थिए ।

शनिबार वृक्षारोपण कार्यक्रममा जिल्लाका पदाधिकारीहरु लगायत सम्पुर्ण लियो क्लब अफ काठमाडौंको सम्पुर्ण सदस्य तथा पदअधिकारीहरुकाे सहभागीता रहेको थियाे l कार्यक्रम सन्चालन लियो क्लब अफ काठमाडौं लर्ड बुद्धकी कोषाध्यक्ष लियो सन्ध्या अर्यालले गरेकी थिइन् ।

वातावरण हरियो, स्वच्छ र सुन्दरमय बनाउने उद्देश्यले वृक्षारोपण गरिएको हो ।