कोरोना महामारी नघटेपछि झापा जिल्लामा लकडाउन

कोरोना महामारी नघटेपछि झापा जिल्लामा लकडाउन

दस स्थानीय तह सिल भएको झापा आगामी शनिबारदेखि पूर्णरुपमा लकडाउन हुने भएको छ।

कोरोना महामारीका कारण संक्रमित र मृत्यु हुनेको संख्या नघटेपछि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लै सिल गर्ने भएको हो।

जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि एक साताका लागि झापा जिल्ला पूर्णरुपमा सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।