पोखरमा नक्कली सुन बेच्ने ७ जना पक्राउ

पोखरमा नक्कली सुन बेच्ने ७ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुनको बेच बिखन भइरहेको सूचनाको आधारमा ७ ब्यक्तिलाई पोखरा ८ सृजनाचोकस्थित पर्वत सुनचाँदी पसलमा कालिगढको रुपमा काम गर्दे आएका भुवन बिक लगायतका ब्यक्तिहरु नक्कली सुनलाई सक्कली भन्दै बेचबिखन गरिरहेको सूचना कास्की प्रहरीले पाएकोसङै पक्राउ गरेको हो । 

सूचनाको आधारमा खटिएको प्रहरीले बुधबार दिउसो ४ बजे पोखरा २ मिरुवास्थित बिमला दमाईको कोठाबाट लेखिएको पहेँलो धातु फेला पार्यो । उक्त धातु सुनचाँदी व्यवसायी संघ कास्कीमा परिक्षणकालागि पठाउँदा सुन नभएको व्यहोराको परीक्षण प्रतिवेदन प्राप्त भएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा ४२ बर्ष उमेर भएकी कास्की जिल्ला म्याग्दी गाउपालिका वडा न ०३ राखु स्थायी घर भइ हाल कास्की जिल्ला पोखरा म. नपा. वडा न. ०२ मिरुवा बस्ने बिमला दमाइ, ३५ बर्ष उमेर भएको रुपन्देही नपा. वडा न ०५ नमुना टोल स्थायी घर भइ हाल कास्की जिल्ला पोखरा म.न.पा वडा न ०६ फिर्के पुल बस्ने बिशाल थापा मगर, ४४ बर्ष उमेर भएको कास्की जिल्ला अन्नपूर्ण गाउपालिका वडा न. ०३ पाउदुर स्थायी घर भइ हाल कास्की जिल्ला पोखरा म. न. पा वडा न ०२ मिरुवा बस्ने गणेश बहादुर दर्जी, २३ बर्ष उमेर भएको रामेछाप जिल्ला सुकाजोर नगरपालिका वडा न ०७ बुता स्थायी घर भइ हाल कास्की जिल्ला पोखरा म. न. पा. वडा न. १० रामबजार बस्ने अनिल भुजेल, ४२ बर्ष उमेर भएको सर्लाही जिल्ला बागमती नगरपालिका वडा न ०१ डापडाडा स्थायी घर भइ हाल कास्की जिल्ला पोखरा म. न. पा. वडा न १० रामबजार बस्ने ईन्द्र बहादुर बलम पाकी, ३४ बर्ष उमेर भएको चितवन जिल्ला टाडी नगरपालिका वडा न ०२ स्थायी घर भइ हाल कास्की जिल्ला पोखरा म न पा वडा न ०८  स्रिजिनाचोक बस्ने भुवन बिक र ३५ बर्ष उमेर भएको चितवन जिल्ला राप्ती नगरपालिका वडा न ०९ स्थायी घर भइ हाल कास्की जिल्ला पोखरा म. न. पा. वडा न. १० रामबजार बस्ने प्रकाश बिक हुन्। 

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुर शीर्षकमा दिन १० ९दश० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले बताए ।