एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा डा. ग्यानेन्द्र रेग्मि र नन्द गुरुङ भिड्दै, कसले मार्ला त बाजी ?

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा रेग्मी र गुरुङ भिड्दै, कसले मार्ला त बाजी ?

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा डा. ग्यानेन्द्र रेग्मि र नन्द गुरुङ भि...

अनिवासी नेपाली ऐन, २००७ अनुसार गैर आवासीय नेपालीको को वर्तमानमा नेपालको नागरिकता राख्ने व्यक्तिले अर्को देशको नागरिकता लिन सक्छ वा सक्दैन, जो हाल विभिन्न कारणले नेपालमा बसोबास गर्दैन सो व्यक्तिलाइ गैर आवासीय नेपाली भनिन्छ।

एनआरएनए अस्ट्रेलिया सबै गैरआवासीय नेपाली (एनआरएन) जनता र नेपाली संगठनहरुलाई एक छाता संगठन अन्तर्गत एकताबद्ध र संस्थागत बनाउन सुरु भएको आन्दोलन बाट जन्मिएको हो। यसले एनआरएन र अष्ट्रेलियामा रहेका नेपाली मूलका मानिसहरु को बीच पारस्परिक लाभ प्राप्त गर्नको लागी एकीकृत र संस्थागत आन्दोलन बनाउनको लागी महत्वपुर्ण काम गर्छ। एकै साथ नेपाली संस्कृतिलाई बढावा दिई अस्स्ट्रेलियाको मान र कानूनको सम्मान गरी नेपाली बहुसंस्कृतिलाई समावेश गर्दै एनआरएनए अष्ट्रेलियाले नेपाली मूलका र बाहिरका दोस्रो पुस्ताका मानिसहरुको चासोलाई पनि हेरिरहेको छ।

३१ जुलाइ, शनिबार हुन गइरहेको एनआरएनएको चुनाबमा अध्यक्ष पदका लागि डा. ग्यानेन्द्र रेग्मि र नन्द गुरुङ बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। डा.ग्यनेन्द्र रेग्मिको मुल नारा ´हाम्रो एनआरएनए राम्रो एनआरएनए' रहेको छ र उनि हाल एनआरएनएको महासचिव हुन भने नन्द गुरुङ ´साझा एनआरएनए सबल एनआरएनए' नाराको साथ चुनावि मैदानमा उत्रिएका छन र उनि हाल एनआरएनएको प्रवक्ता हुन।

दुबै सँगको हाम्रो कुराकानीमा हामीले सोधेको- तपाईंको कार्यकालमा भएका कामहरु के के हुन् र तपाईंहरुको एजेन्डा केके हो? प्रश्न को उत्तर जस्ताको तस्तै:

डा. ग्यानेन्द्र रेग्मि
 - कोभिडका कारण हामिले बाहिर खासै धेरै कार्यक्रम गर्न पाएनौ तर केही राम्रा कामहरू गर्यौँ। महिला सशक्तिकरण जस्ता जागृति कार्यक्रम आयोजना गरी मनीषा कोइराला जस्तो राष्ट्रका गहनाको आतिथ्यमा सम्पन्न गरायौं। स्वदेश फिर्ता हुने जहाजको लागि राजदुताबास लगायतका विभिन्न समितिको संलग्नता गराइयो। नेपालमा गएको बाढी पिडितका लागि आर्थिक सहयोग नेपालमा मात्र नभई अस्ट्रेलियालाई समेत आगोलागीको बेला आर्थिक सहयोग गर्यौं ।


 एजेन्डाहरु
 १ दोहोरो नागरिक्ता, एक पटक नेपाली सधै नेपाली
 २ एनआरएनए सचिवालय
 ३ विद्यार्थीको लागि मेन्टरशीप कार्यक्रम
 ४ स्मार्ट एनआरएनए
 ५ विज्ञहरुको सहभागितामा नेपाली समुदायको हितमा कार्ययोजना ल्याइने 

नन्द गुरुङ
 - अष्ट्रेलियाली सरकारलाई हामीले आगोलागी रोकथाममा आर्थिक सहयोग प्रदान गर्यौं। कोभिड पहिलो चरणमा विशेष गरी विद्यार्थी भाइ बहिनीका लागि रिलिफ प्याकेजको सिर्जना गरि खाँचोमा परेका विद्यार्थीको हात हातमा पुर्यायौं ।हामिले नेपालका कोभिड बिरामीकालागि अक्सिजन कन्सेन्टर सहितको राहत पठायौं। हाम्रो पहलमा स्वदेश फिर्ता हुने जहाज पठायौं।


 एजेन्डाहरु
 १ महामारी पुनप्राप्ति र नेपाली समुदायको लागि लचिलोपना निर्माण
 २ बलियो संस्थागत एनआरएनए निर्माण
 ३ व्यापक समुदाय सहभागिता
 ४ एनआरएनएको नियम र नीतिगत कुराहरूको सुदृढीकरण
 ५ आईसीसी र नेपाल सरकार संग पैरवी

चुनावको बिसयमा हाम्रो टेलिफोन सम्पर्कमा आइसिसिका राष्ट्रिय निर्वाचन आयुक्त सुरेन्द्र सिग्देल समेत जोडिनु भएको थियो। उहाँ सँगको कुराकानी यस्तो रहेको छ:

चुनाबी तयारी कत्तिको भइरहेको छ? यस पटकको अनलाइन चुनाब कत्तिको सहज होला?

सबै कुरा तयार भइसकेको छ र हामीले आफ्नो तर्फबाट आफ्नो विवेकले सक्ने सम्मको राम्रो गरेको छौँ र जहाँसम्म सहजताको कुरा छ, यस पटक घरमै बसेर, कामको ब्रेकमा जताबाट पनि भोट दिन सकिने भएको छ जुन निकै नै सहज कुरा हो र बेफाइदा पनि छ टेक्नोलोजि जस्तो कुरो तलमाथि हुनसक्ने केही थोरै सम्भावना पनि छ।

टेक्नोलोजिले गर्दा ह्याक हुने सम्भावना पनि त बड्ला नि?
मलाइ हाम्रो आइटि टीममाथि र सम्पुर्ण प्रति पुर्ण विश्वास छ त्यस्तो हुदैन भन्ने लाग्छ।  हाम्रो भेरो भोटिङ भन्ने भेन्डर कम्पनि छ जस्ले यस्तो चुनाबहरु धेरै गरि सकेको छ। सायद त्यस्तो नहोला !

अस्ट्रेलियाको सरकारी एप त ओभरलोडका कारण ह्याइङ हुन्छ यसमा पनि त्यस्तो समस्या आयो भने? नतिजा कति समयमा आउला?

मैले अघि नै पनि भनिसकें टेक्नोलोजि हो बुथमा गएर भोट हाले जस्तो नहुन सक्छ, तेस्तो हुदा नआत्तिई ५/१० मिनेट पछि पुन प्रयास गर्नुपर्छ र कुरा रह्यो नतिजाको, हामी रातको १० बजे सम्म नतिजा सार्वजनिक गर्ने कोसिस गर्नेछौं। केही समय तलमाथि नहोला भन्ने छैन्।


 
यो चुनाबमा बाजी कसले मार्ला त ? त्यसको लागि प्रतीक्षा गरौँ, मतदान गरौँ !!