अर्घाखाँची जिल्लामा पुनः लकडाउन

अर्घाखाँची जिल्लामा पुनः लकडाउन

अर्घाखाँची जिल्लामा साउन १६ गते(शनिवार) राति १२ बजेदेखि पुनः लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन साउन ३० गते राति १२:३० सम्म जारी रहने छ ।
यस अवधिमा सरकारी तथा गैरसरकारी, सार्वजनिक तथा निजी यातायात, बैङ्क तथा वित्तीय संस्था पूर्ण रूपमा बन्द हुने भएका छन् । साथै खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ७ बजेदेखि ९ बजेसम्म खोल्न दिइने भएको छ। 

जिल्लामा आजसम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५१९ जना पुगेको छ । यसअघि दशौँ साउन २० गते बुधवार राती १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थपिएको थियो।अर्घाखाँची लगायत १७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
दश स्थानीय सिल गरिएको झापा आगामी शनिवारदेखि पूर्ण रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा चलिरहेको डीसीसीएमसी र पालिका प्रमुखहरूको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार कोरोनाको पहिलो चरण कै जस्तो कडाइका साथ सिल गरिनेछ ।