विशाल महादेव परिसरमा दर्शन तथा अवलोकनमा रोक

विशाल महादेव परिसरमा दर्शन तथा अवलोकनमा रोक

पोखरा | आन्तरिक पर्यटकको चर्चाको बिषय बनेको पोखरा महानगरपालिका वडा नम्बर २२ मा निर्माणाधिन विशाल महादेव परिसरमा जान रोक लगाइएको छ। दोस्रो चराणको खतरनाक वैरेन्टको कोभिड १९ को संक्रमण बढीरहेको अवस्थामा महादेव मुर्ति दर्शनका लागि पुग्ने दर्शनार्थीहरुको भिड बाक्लिन थालेसँगै केही समयका लागि सो परिसरमा जान रोक लगाइएको वडा २२ कार्यालयले सुचना जारी गरेको छ ।

संक्रमणको त्रास कायमै रहेकोले सबैलाई सुरक्षित रहन आग्रह गर्दै अर्को सुचना जारी नभए सम्मका महादव परिसरमा दर्शन तथा अवलोकन बन्द गरिएको वडाध्यक्ष मित्रलाल बरालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।